टी-२० विश्वकप : नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै

टी-२० विश्वकप : नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै

काठमाडौँ। नेपालले जारी आसीसी टी-२० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ।

सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ। नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ।

नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो। त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो। तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ। बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ।

यस समुहमा नेदरल्याण्डसपनि सुपर आठको दौडमा कायम रहेको छ। त्यस्तै भोलि बिहान हुने नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने अवस्था छ। यस समुहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ।