इजरायलका प्रधानमन्त्री विघटन गरे युद्ध क्याबिनेट

इजरायलका प्रधानमन्त्री विघटन गरे युद्ध क्याबिनेट

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय युद्ध क्याबिनेट विघटन गरेका छन्।

बेन्नी गान्ट्ज र गाडी इसेनकोटले एक साताअघि युद्ध क्याबिनेटबाट आफूलाई अलग गरपछि प्रधानमन्त्री नेतान्याहूले युद्ध क्याबिनेटको विघटन गरेको सिएनएनले जनाएको छ।

यी दुई युद्ध क्याबिनेटबाट अलग भएको करिब एक हप्तापछि नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन्।

इजरायली मिडिया रिपोर्टका अनुसार गाजामा हमाससँग जारी युद्ध जस्ता संवेदनशील मुद्दाहरू अब एउटा सानो प्लेटफर्ममा छलफल गरिनेछ।

मन्त्रिपरिषद्मा अति दक्षिणपन्थी सहयोगीहरूको माग बमोजिम युद्ध मन्त्रिपरिषद्को विघटन गरेको रिपोर्टमा बताइएको छ।

युद्ध क्याबिनेटमा नेतान्याहूको आलोचना बढेपछि उनको समस्यालाई निरन्तर बढाइरहेको थियो। यति मात्र होइन, ती मागका कारण अमेरिकालगायत अन्य अन्तर्राष्ट्रिय सहयोगीहरूसँग इजरायलको सम्बन्ध पनि तनावपूर्ण हुन सक्ने देखिएको थियो।

यसैबीच इजरायली सेनाले यो निर्णयले आफ्नो कार्यमा असर नपर्ने बताएको छ।

बेनी गान्ट्ज र गाडी इसेनकोटले गाजामा तनाव अन्त्य गर्ने नेतान्याहूसँग कुनै योजना नभएको आरोप लगाउँदै युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए।

अक्टोबर ७ मा हमासको आक्रमणपछि नेतान्याहुले युद्ध मन्त्रीमण्डल गठन गरेका थिए ।

युद्ध मन्त्रिपरिषद्मा दुई पूर्व सेना प्रमुख पनि सदस्य बनेका छन्।