काठमाडौँमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी

काठमाडौँमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी

काठमाडौं। नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को आयोजनामा मङ्गलबार ‘काठमाडौँ चिनियाँ उच्च शैक्षिक प्रदर्शनी’को आयोजना भएको छ। प्रदर्शनीको मंगलबार बौद्धस्थित होटल हायतमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरे।

प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने विश्वप्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले स्टल राखेका छन्। ती स्टलहरुमा सम्बन्धित विषयको अध्ययनबारे जानकारी गराइएको छ। जसमा इच्छा भएका विद्यार्थीले अध्ययन गर्न पाउनेछन्।

चीनका ती विश्वविद्यालय तथा कलेजमा अध्ययनका लागि छात्रवृत्तिलगायत सहयोग प्रदान गर्ने नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बताए।

नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद् जनवादी गणतन्त्र चीनबाट विभिन्न विषयमा स्नातक चीनको शिक्षा मन्त्रालय, नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपाल चीन सांस्कृतिक गरेका नेपाली विद्वान र पेशाकर्मीहरूको मैत्री संस्था हो।

चीन छात्रवृत्ति परिषद्, जनवादी गणतन्त्र तथा शैक्षिक परिषद्ले डेढ दशकभन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला सफलतापूर्वक आयोजना गर्दै आएको छ।

पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएपछि प्रत्येक वर्ष प्रदर्शनीमा सहभागी हुनेहरूको संख्या बढ्दै गइरहेको छ भने चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या पनि बढिरहेको छ।

चीनमा अध्ययन गरी फर्किएका दक्ष तथा उच्चस्तरीय जनशक्तिले विभिन्न क्षेत्रमा काम गर्दै राष्ट्र निर्माणमा ठूलो योगदान पुऱ्याइरहेका छन्। पछिल्लो जानकारीअनुसार चीनमा १६० वटा देशका ५ लाख विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत छन्।

प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० वटा भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ। पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थी बाहेक सेल्फ फाइनान्सका विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। यसैलाई मध्यनजर गर्दै हरेक वर्ष यस्तो प्रदर्शनी आयोजना गर्दै आएको छ।