कुर्दिस्तानमा मनाइयो तमु ल्होसार

कुर्दिस्तानमा मनाइयो तमु ल्होसार

सुलेमानी । इराकको कुर्दिस्तानमा तमु ल्होसार मनाइएको छ । कुर्दिस्तानमा रहेका गुरुङ समुदायहरुले शुक्रबार सुलेमानीमा एक कार्यक्रमको आयोजना गरि तमु ल्होसार मनाएका हुन्।

तमु ल्होसारको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो। सोही कार्यक्रमको अवसरमा गुरुङ समाजको शाखा पनि गठन गरिएको छ । लालकाजी गुरुङको नेतृत्वमा समिति गठन गरिएको हो।

समितिको उपाध्यक्षमा कल्पना गुरुङ, कोषाध्यक्षमा सुरेस गुरुङ, शर्मिला गुरुङ, सचिवमा भेषबहादुर गुरुङ , सहसचिवमा विध्या गुरुङ चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा निर्मला गुरुङ, बिना गुरुङ, बिनोद गुरुङ, अमन गुरुङ, सन्जु गुरुङ, अनुस्का गुरुङ, मीना तमु, डम्बर गुरुङ, दिप गुरुङ, सिसम क्रोमजे गुरुङ, जुन गुरुङ, पासाङ गुरुङ, सगुन गुरुङ र सोम गुरुङ चयन भएका छन् ।

भेलाले यलेक्स गुरुङ, राजन गुरुङर खिमु गुरुङलाई सल्लाहाकारमा चयन गरेको छ।

 



No ads found for this position