परदेशी गायक खड्काको ‘गिलास र कचौरा’ दर्शकमाझ लोकप्रिय बन्दै

टोकियो । गायक सूर्य खड्का र आशा विसीको स्वरमा रहेको लोकदोहोरी गीत गिलास र कचौरा युट्युवमा लोकप्रिय बनेको छ ।
सार्वजनिक भएको ५ दिनमै करिव २ लाख पटक हेरिसकिएको म्यूजिक भिडियोमा ३५ सय व्यक्तिले माया दर्शाउनुका साथै ७ सय जनाले आफ्ना प्रतिक्रिया व्यक्त गरेका छन्।
म्युजिक भिडियोमा गायक खड्का र गायिका एवं मोडल सोना केसीको मुख्य अभिनय देख्न सकिन्छ।
जापानमा रहेर नेपाली गीत संगीत सृजनामा सक्रिय गायक खड्का परदेशी गायकको रुपमा चिरपरिचित छन् । फरक शैली र भाकामा सार्वजनिक गरिएको गित गिलास र कचौरामा शिव अखेलीको शब्द र स्वयम गायक खड्काको संगीत रहेको छ।
गीतमा बिश्वास नेपालले संगीत संयोजन र रविन शर्माले निर्देशन तथा गीतको सुरुवाती पाश्र्व स्वर तथा अभिनय गरेका छन्।
जापानमानै छायाङ्कन गरिएको गीत मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन्। गीतमा सामूहिक स्वरमा साथ रवीन लामिछाने, अर्जुन सापकोटा, स्मृति शाही र पुष्पा बोहराको रहेको छ ।
गीतको सिनेमाटोग्राफी विष्णु सुवेदी निशानसहित गोविन्द विष्ट र अनिलकुमार निर्दोशले गरेका छन्। भिडियोमा सम्पादन भने विष्णु सुवेदीले गरेका छन्।
म्यूजिक भिडियोमा गायक खड्का र सोना केसीलाई प्रेम कुमार, कविता खत्री, विशाल क्षेत्री, ईशिता क्षेत्री, शिशिर गौतम, शुशिला बराल, हिरा श्रीष, कौशिला गुरुङ, अर्जुन सुवेदी, रुपेश गुरुङ, बिप्लबी सुवेदी लगायतले साथ दिएका छन्।
भिडियो
ताजा अपडेट
