कुवेतले नेपालसहित पाँच देशबाट घरेलु कामदार लैजाने

कुवेतले नेपालसहित पाँच देशबाट घरेलु कामदार लैजाने कुवेत सिटी

काठमाडौं । खाडीमुलुक कुवेतले नेपालसहित पाँच देशबाट घरेलु कामदार लैजाने प्रक्रिया अघि बढाएको छ ।त्यहाँको मन्त्रिपरिषद् बैठकले नयाँ घरेलु कामदार नियुक्तिको लागि अनुमति दिएको हो । घरेलु कामदारको लागि नयाँ भिसाको प्रक्रिया १७ जनवरी आइतबारदेखि सुरु गरिएको छ।

स्थानीय सञ्चारमाध्मले जनाएअनुसार अव कुवेती नागरिकले घरेलु कामदारको भिसा लिन घरेलु श्रम कम्पनी हुँदै आन्तरिक मन्त्रालयमार्फत आवेदन दिन सक्नेछन्।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवासायिक उडान पुनः सुचारु गर्ने सुप्रिम कमिटीले गरेको निर्णयको आधारमा  घरेलु श्रमिकलाई मात्रै कुवेत प्रवेशको लागि अनुमति दिइएको हो । ती,देशहरुमा नेपालसहित फिलिपिन्स, भारत, श्रीलंका र बंगलादेश छन् ।

नयाँ घरेलु कामदार लैजाने प्रक्रिया देश–देशमा फरक–फरक हुने बताइएको छ । सबैभन्दा लामो र झन्झटिलो प्रक्रिया फिलिपिन्समा मानिन्छ । जहाँ सामान्यत: घरेलु कामदारले दुईदेखि तीन महिनामा मात्रै सरकारी प्रक्रिया पूरा गर्न सक्छन्।

श्रीलंकालगायतका केही देशहरुबाट भने घरेलु श्रमिक लैजान सहज मानिन्छ । श्रीलंकमा बढीमा एक महिनासम्म लाग्ने गर्छ।

भिसाको सबै प्रक्रिया पूरा गरिसकेपछि कुवेत प्रवेश गर्न ‘वेलसलामा’ एपमार्फत कामदारको नाम दर्ता गराउनु पर्दछ । जुन स्पोनसर आफैले नै गराइदिनुपर्दछ ।सरकारले तोकेको क्वारेन्टिनमा बस्नको लागि आवश्यक भुक्तानी पनि पहिले नै गराउनु पर्ने बताइएकाे छ।

घरेलु श्रमिकहरु बोकेर श्रीलंकाबाट पहिलो उडान २८ जनवरीमा हुने अपेक्षा गरिएको छ। त्यसपछि मात्रै बंगलादेश र नेपालबाट उडान हुने बताइएको छ ।



No ads found for this position