ओमनमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

मस्कट । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारी अझै पनि नियन्त्रणमा नआइसकेकाले खाडीराष्ट्र ओमनमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ । अहिले विश्वका विभिन्न मुलुकमा नयाँ प्रजातीको भाइरस देखिएकोले त्यसको जोखिम भविस्यमा ओमनमा पनि पर्न सक्ने जनाउँदै त्यसबाट बच्न सावधानी अपनाउन दूतावासले सचेत गराएको हो ।
ओमनमा कोरोना भाइरसको अनुगमन गरिरहेको सर्वोच्च कमिटीले २७ जनवरीमा गरेको निर्णयले नयाँ स्वरुपबाट बच्न सचेतनाका लागि आग्रह गरेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार,अब सामूहिकरुपमा भेला हुने तथा सामाजिक कार्यमा जमघट हुने कार्यमा प्रतिबन्ध लगाइएको छ।
दूतावासले ओमनमा रहेका नेपाली समुदायलाई नयाँ भाइरसको संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न तथा रोकथामका उपाय अपनाउन आग्रह गरेको छ।
यससम्बन्धी केही जिज्ञासा भए दूतावासको फोन नम्बर २४६९६१७७,२४६९६८८३ र हटलाइन नम्बर ७१५९२४९० मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।
असावधानीवश यसअघि यो समाचारमा केही त्रुटि हुन गएकोले सच्चाइएको छ-सम्पादक
ताजा अपडेट

‘पढदैँ कमाउँने’ नीति लागु गरिने

सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

सरकारी सेवा अब ‘फेसलेस’ बनाइने
