कोरोना भाइरसको जोखिम बढेपछि कतारमा कडाइ, नियम नमाने ६४ लाखसम्म जरिवाना

कोरोना भाइरसको जोखिम बढेपछि कतारमा कडाइ, नियम नमाने ६४ लाखसम्म जरिवाना

दोहा । कोरोनाको दोस्रो लहर आउने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै कतार सरकारले स्वास्थ्य सुरक्षाका नयाँ मापदण्ड सार्वजनिक गरेको छ।

बिहिबार दोहास्थित नेपाली राजदूतावासले विज्ञप्ती जारी गर्दै सरकारले निर्देशन गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ ।

हालैका दिनमा कोरोना संक्रमणको संख्या निरन्तर वृद्धी भएपछि कतारको संकट व्यवस्थापनका लागि सर्वोच्च समितिले बुधबार पत्रकार सम्मेलन गरी कतारमा बस्ने सबैले पालना गर्नु पर्ने सतर्कता र सुरक्षाका विभिन्न प्रकारका उपायहरु सार्वजनिक गरेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार अब घरबाट बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरिएको छ । त्यस्तै आवासबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा आफ्नो मोवाइलमा चालु अवस्थामा रहेको एथेराज एप हुनै पर्नेछ ।

त्यसैगरी आवास बाहिर वा भित्र बन्द स्थानमा ५ जना र खुल्ला स्थानमा १५ जना भन्दा वढी भेला हुन पाइनेछैन् । त्यस्तै सार्वजनिक पार्क, सामुन्द्रीक किनार, कर्निस लगायत अन्य सार्वजनिक कुनै पनि प्रकारका सामाजिक जमघटमा १५ जना भन्दा बढी भेला हुन समेत प्रतिवन्ध लगाइएको छ।

त्यसैगरी सवारी साधनमा चालकसहित ४ जना भन्दा बढी यात्रा गर्न पनि नपाईने भएको छ ।

सरकारले जारी गरेका यी सुरक्षाका निर्देशन उल्लघंन गर्ने व्यक्तिलाई २ लाख कतारी रियाल (करिव ६४ हजार रुपियाँ) जरिवाना तथा ३ वर्षभन्दा बढि जेल सजाय वा यी दुई मध्ये एक सजाय गरिने कतार सरकारले चेतावनी दिएको छ।
सरकारले उक्त मापदण्ड पालना भए नभएको अनुगमन गर्ने दूतावासले जनाएको छ।

साथै राजदूतावासबाट प्रदान गरिने सेवाहरु मध्ये आफै उपस्थित भएर लिनु पर्ने सेवा बाहेक अन्य जानकारी फोनबाटसमेत लिन सकिने र राजदूतावासको वेवसाईट र फेसवुक पेजमा समेत नियमित सूचनाहरु प्रवाह गरिने दूतावासले जनाएको छ।



No ads found for this position