शैक्षिक क्षेत्रमा विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने ओमनको तयारी

मस्कट । उच्च शैक्षिक संस्थाको पदमा ओमनी नागरिकलाई नियुक्ति गर्नुपर्ने व्यवस्थाबारे ओमनका श्रम मन्त्री डा.महाद बिन सइद बाउइनले अध्यादेश जारी गरेका छन्।
ओमन न्युज एजेन्सी (ओएनए) ले श्रम मन्त्री बाउइनको भनाइलाई उद्धृत गर्दै लेखेकाे छ, ‘राष्ट्रियकरण र ओमनीको शैक्षिक पेशालाई प्रतिस्थापन गर्नका लागि उच्च शैक्षिक संस्थाको पदमा ओमनी नागरिकलाई नियुक्ति गर्ने व्यवस्था ल्याउन लागिएको हो ।’
उक्त अध्यादेशमा ओमनको शैक्षिक क्षेत्रका सबै प्रशासकीय, वित्तिय पद, डिभिजन र प्रवेश विभागमा ओमनीलाई नै नियुक्ति गर्नुपर्ने उल्लेख छ । श्रम मन्त्री बाउइनका अनुसार विद्यार्थी परामर्श सेवा, विद्यार्थी मामिला, सामाजिक परामर्श र क्यारियर गाईडेन्स लगायतसँग सम्बन्धित सबै पदमा ओमनीलाई मात्र नियुक्ति गर्नुपर्नेछ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर