स्वदेश फर्किने प्रक्रियामा कुवेतको डिपोर्टेशन सेन्टरमा रहेकी देवीमायाले संसार छाडिन

स्वदेश फर्किने प्रक्रियामा कुवेतको डिपोर्टेशन सेन्टरमा रहेकी देवीमायाले संसार छाडिन

कुवेत । करिब डेढ वर्षदेखि कुवेतमा कार्यरत ४४ वर्षीया देवीमाया लिम्बुले ज्यान गुमाएकी छिन् । ताप्लेजुङ स्थायी घर भइ धरान बस्दै आएकी दुई छोरा र एक छोरीकी आमा देवीमाया रोजगारीको सिलसिलामा डेढ वर्षअघि भारतीय अवैध बाटो हुँदै कुवेत आएकी थिइन् । घरेलु कामदारको रुपमा कुवेत आएकी उनी पछिल्लो समय अवैधानिक हैयितमा थिइन्।

देवीमाया डिपोर्टेशन प्रक्रियाबाट स्वदेश फर्किने तयारीमा थिइन् । अवैधानिक रुपमा काम गर्दै बसेकी उनले गत ३१ जनवरीमा नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएकी थिइन्।

नेपाल फर्किन उनी डिपोर्टेशन सेन्टरमा पुगेकी थिइन् । त्यहाँ उनी सिकिस्त बिरामी परिन् । बेहोश नै भएपछि उनलाई प्रहरीले स्थानीय फरवानिया अस्पताल पुर्याएको थियो । तर, उनले शनिबार राति अस्पतालमै संसार छाडिन्।

उनको मृत्युबारे प्रारम्भिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ। पोष्टमार्टम रिपोर्ट तथा अन्य विवरण भने दूतावासले पाइसकेको छैन्। बाँकी विवरण प्राप्त भएपछि मृतकको परिवारसँगको समन्वयनमा कानूनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाइने दूतावासको भनाइ छ ।



No ads found for this position