नेपालसहित १३ देशका यात्रुलाई कतार एयरवेजमा पीसीआर रिपोर्ट नचाहिने

नेपालसहित १३ देशका यात्रुलाई कतार एयरवेजमा पीसीआर रिपोर्ट नचाहिने

दोहा। नेपालसहित १३ देशका यात्रुलाई कतार एयरवेजमा यात्रा गर्दा पीसीआर परीक्षणको रिपोर्ट नचाहिने भएको छ । यसअघि प्रत्येक यात्रुले यात्राअघि कोरोना भाइरस परीक्षण गरेको ‘नेगेटिभ पीसीआर रिपोर्ट’ देखाउनु पर्दथ्यो ।

कतार एयरवेजले नयाँ सूचना जारी गर्दै नेपालसहित १३ देशका यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने बताएको हाे । ‘कतार एयरवेजमार्फत यात्रुको गन्तव्यसम्म सुरक्षित रुपमा पुर्याउने जिम्मा हामी लिन्छौं,’ सूचनामा भनिएको छ, ‘ हाम्रो नयाँ नियमबारे सबैलाई जानकारी दिन चाहन्छौं कि कतार एयरवेजमा १३ वटा देशका यात्रुले यात्रा गर्दा पीसीआर रिपोर्ट प्रस्तुत गर्नुपर्ने छैन ।’

एयरलाइन्सले आफ्नो वेबसाइटमा नेपालसहित अर्मेनिया, बंगलादेश, बाज्रिल, भारत, इरान, इराक,नाइजेरीया,पाकिस्तान, फिलिपिन्स, रसिया, श्रीलंका र तान्जानियाका यात्रुले पीसीआर रिपोर्ट प्रस्तुत गर्न नपर्ने उल्लेख गरेको छ।

यात्रा गर्दा आवश्यक पर्ने नियमहरु वेबसाइटमा हेर्न सकिने बताइएको छ। साथै यसबारे थप जानकारी लिनका लागिकतार एयरवेजका  स्थानीय टिकट विक्रेतालाई सम्पर्क गर्न सकिनेछ।

यद्यपी प्रस्थान तथा गन्तव्य मुलुकको नियम भने यात्रुले पालना गर्नुपर्नेछ । यसको अर्थ कतार एयरवेजले रिपोर्ट नमाग्दैमा पीसीआर परीक्षण नै गर्नुपर्देन भन्ने होइन । यात्रुले सम्बन्धित मुलुकको मापदण्डलाई पालना गर्नुपर्नेहुन्छ।



No ads found for this position