एनआरएनए खेलकुद प्रतिष्ठान र केल्मीबीच सहकार्य

एनआरएनए खेलकुद प्रतिष्ठान र केल्मीबीच सहकार्य

काठमाडौं । गैरआवासीया नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठान र केल्मि प्रा.लिबीच प्रायोजन सम्बन्धी सहकार्य हुने भएको छ । खेलकुद प्रतिष्ठानलाई आवश्यक पर्ने खेल सामाग्री, पोशाकको प्रायोजन र सहुलियत दरमा उपलब्ध गर्ने गराउनेबारे सहमती पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा संघको तर्फबाट उपाध्यक्ष एवं महिला तथा युवा विभागका सभापति रविना थापा र केल्मिका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरेका थिए ।

विदेशमा रहेका दोश्रो पुस्ताका युवालाई नेपालसंग जोडि राख्ने एक प्रमुख माध्यम खेलकुद रहेको संघका उपाध्यक्ष रविना थापाको भनाइ छ । आगामी दिनमा दोश्रो पुस्तालाई नेपालको खेलकुद क्षेत्रमा सहभागी गराउन संघले सकृय भूमिका निर्वाह गर्ने उनले बताइन् ।

केल्मिका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले संघको खेलकुद प्रतिष्ठानसँग गरिएको सम्झौतालाई सार्थक तुल्याउनमा आफू प्रतिबद्ध भएर लाग्ने बताए।

साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले गैरआवासीय नेपाली खेलाडीलाई नेपालको खेलकुद क्षेत्रमा जोड्नका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा ओलम्पियन दिपक विष्ट, गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका सल्लाहकार स्वतन्त्र प्रताप शाह, केल्मीका प्रतिनिधि, विभिन्न खेलकुद संस्थाका प्रतिनिधि लगाएत उपस्थित थिए ।



No ads found for this position