भर्चुअल माध्यमबाट विश्व नेपाली साहित्य सम्मेलन

भर्चुअल माध्यमबाट विश्व नेपाली साहित्य सम्मेलन

क्वाललम्पुर । यहि वैशाख १०, ११ र १२ मा ऐतिहासिक विश्व नेपाली साहित्य सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली समाज साहित्य समितिको संयुक्त आयोजनामा हुन लागेको यस सम्मेलन भने भर्चुअल माध्यमबाट हुने आयोजकको भनाई छ ।

नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यका साथ यो सम्मेलनको आयोजना गर्न लागिएको हो । सम्मेलनमा विशिष्ट नेपाली साहित्यकार तथा समालोचकका साथै विश्वरभर छरिएका नेपाली साहित्य सर्जकहरुको सहभागिता रहने समाजका अध्यक्ष अर्जुन घिमिरेले बताए । सम्मेलनमा उद्घाटन सत्र, कविता विशेष सत्र, महिला विशेष सत्र, मातृभाषा विशेष सत्र, डायस्पोरा विशेष सत्र, आख्यान सत्र र छलफल तथा समापन सत्र गरी ७ विशेष सत्र रहने आयोजक समितिका संयोजक डा. जानुका पौडेलले बताइन् ।

सम्मेलनको पहिलो दिन उद्घाटन सत्रसँगै नेपाली कविता सिर्जना अनुभूतिका वहारहरु शीर्षकमा कवि सरुभक्त, कविता सिर्जनाका अन्तरवस्तुहरु शीर्षकमा डा. तीर्थ श्रेष्ठ र कवितामा मौलिक बिम्वको प्रयोग शीर्षकमा कवि उपेन्द्र सुब्बाले आफ्ना सिर्जनाको साथ वक्तव्य राख्ने छन् ।

कविता विशेष सत्रमा नेपाली कविताः बदलिदो परिवेश शीर्षकमा डा. गीता त्रिपाठीले कार्यपत्र प्रस्तुत गर्नेछिन् । साथै पुण्य कार्की, स्वप्निल स्मृति, सुदेश सत्याल, जीवन चामलिङ, विकास मगर, नवीन, विक्रम पवन परियार, असीम सागर, टीका आत्रेय, महेश कार्की ुक्षितिजु दीप सुदीप, जयन्ती मगर ुसरगमु, लिला राणामगर, विक्रम याक्खा लगायतको कविता वाचन हुनेछ ।
लोकसाहित्य विशेष सत्रमा नेपाली लोक साहित्यः पनरावृत्तिका आभासहरुझ शीर्षकमा डा. प्रभा भट्टराईको कार्यपत्र प्रस्तुत हुनेछ भने दुर्गा भवानी भट्ट, उत्तम तुम्सा लिम्बुको कविता र टंक आलेमगरले लोककथा वाचन गर्नेछन् ।

दोस्रो दिन महिला विशेष सत्रमा नेपाली साहित्यमा महिलाहरुको वर्तमान अवस्था, चुनौति र अवसरु शीर्षकमा डा. रेणुका सोलुले कार्यपत्र प्रस्तुत गर्नेछन । रचना वाचनमा उर्मिला निर्दोषी (अमेरिका), नीतु खतिवडा (इजरायल), नमिता दवाडी (न्युजिल्यान्ड), शुभद्रा थापा भन्डारी (अष्ट्रिया ), लिली अधिकारी (नेपाल), दीक्षा भण्डारी (नेपाल), शुभलक्ष्मी कोईराला (नेपाल), इन्दिरा चामलिङ (बेल्जियम), सीता अधिकारी (नेपाल) रहने अन्तर्राष्ट्रिय नेपाली समाज महिला समितिका महासचिव सुभद्रा थापा भण्डारीले बताइन्।

यसै गरि मातृभाषा विशेष सत्रमा नेपालमा मातृभाषा साहित्यको अवस्था एक विवेचना शीर्षकमा डा. तारामणि राईको कार्यपत्र प्रस्तुत हुनेछ र रचना वाचनमा बिजय दत्त मणि, प्रमोदकुमार पाण्डे, पवित्रा थापामगर, बिजय बलम्ताली, अरुण कोइमी, पुष्पहाङ लोहा, अर्पण उत्कर्ष, कुशुम गुरुङ रहनेछन् ।

विश्वमा नेपाली साहित्य विस्तारका चुनौती र अग्रगामी मार्गहरुझ शीर्षकमा डा. बाबुराम खनाल, ञडायस्पोराका कथा व्यथा र भूमिकाझ शीर्षकमा निलम कार्की निहारीका, ञडायस्पोरामा महिला साहित्य कथा, व्यथा र भूमिकाझ शीर्षकमा गोवर्ध्दन पूजाको कार्यपत्र प्रस्तुत डायस्पोरा विशेष सत्रमा हुनको साथै सृजना वाचन डा. मधुकृष्ण श्रेष्ठ ‘माधुर्यु’ दीप पाठक, शकुन आँशु, दीपा राई पुन, जीवन खत्री, शरद पोख्रेल, प्रमोद सारंग, कृष्ण विश्वकर्मा, अजित क्षेत्री, हरिशरण परियार, जीवन खड्कामगर, नदिश, के. वि. पारखी र प्रतिमा केसी रहनेछन् ।

आख्यानसत्रमा ‘नेपाली आख्यान, आयाम र प्रयोगहरु’ शीर्षकमा प्राडा राजेन्द्र सुवेदीको कार्यपत्र प्रस्तुत हुनेछ भने ‘लघु, लोककथा तथा कवितामा’ किशोर सुव्बा, डा.किस्मत भण्डारी, शारदा पौडेल निशाझ, श्याम सुवेदी, रमेश जोशीको रचना वचान रहनुका साथै ‘समकालीन नेपाली निबन्ध नियात्राको स्वरुप र गति’ मा युवराज नयाँघरे, ‘नेपाली साहित्यमा संस्कृतको प्रभाव अनुभूतिका झङ्कारहरु’ शीर्षकमा डा. अलका आत्रेय चुडाद्धारा कार्यपत्र प्रस्तुत गरिनेछ।

नेपाली साहित्यको अनुसन्धान विशेष सत्रमा ञनेपाली भाषा तथा साहित्य सम्बन्धि अनुसन्धान पद्धतिमा कठिनाइ, चुनौति र आजको आवश्यकता शीर्षकमा प्रा.डा. नेत्र एटमको कार्यपत्र प्रस्तुत हुनुको अलवा प्रा.डा. मोतीलाल घिमिरे, डा. चैतन्य अधिकारी, निलकण्ठ उप्रती, महेश प्रसाईँ, निर्भीकजंग रायमाझी र सिर्जना शर्माको रचना वाचन हुनेछ ।

तेस्रो दिन छलफल तथा समापन सत्रमा कार्यक्रम सम्बन्धि सामूहिक छलफल, विश्लेषण, कार्यक्रमको संक्षिप्त टिपोट तथा घोषणापत्रको निर्माण, प्रमुख प्यानेलिष्ट प्राडा महादेव अवस्थी,प्रमुख अतिथि प्राडा लवदेव अवस्थीको मन्तव्य रहने अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरेले बताए ।



No ads found for this position