ओमनमा आजै थपिए २१० कोरोना संक्रमित

मस्कट । ओमनमा पछिल्लो २४ घण्टामा थप २१० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । सोही समय कोरोनाका कारण ९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै ओमनमा १ लाख ९३ हजार २५३ जना कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये १ लाख ७३ हजार १२३ जना निको भएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा ९ को मृत्यु भएसँगै ओमनमा कोरोना संक्रमणबाट २ हजार १० जनाले ज्यान गुमाएका छन् ।
हाल ओमनमा १८ हजार १२० जना कोरोनाको उपचारमा रहेका छन् । तीमध्ये २७५ कोे अवस्था भने चिन्ताजनक रहेको छ ।
कोरोना भाइरसको महामारी सुरु भएदेखि हालसम्म ओमनमा १५ लाख ५० हजार जनामा कोरोना परिक्षण गरिएको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर