महामारीविरुद्ध लड्न विदेशमा आर्थिक संकलनमा जुट्यो कांग्रेस

महामारीविरुद्ध लड्न विदेशमा आर्थिक संकलनमा जुट्यो कांग्रेस

काठमाडौं। कोरोना महामारीले नेपालमा मेडिकल सामाग्रीको अभाव हुन थालेपछि नेपाली कांग्रेसले कोभिड पिडितको सहयोगार्थ आर्थिक संकलन सुरु गरेको छ। कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विदेश शाखामार्फत आर्थिक संकलन गर्न लागेको हो। कांग्रेसले सहयोगका लागि ३० लाख रुपैयाँ जम्मा गर्ने लक्ष लिएको छ।

नेपाली कांग्रेसको कोभिड १९ उच्चस्तरीय समितिका संयोजक तथा सहमहामन्त्री डा. प्रकाशशरण महतले शनिवार विदेशस्थित कांग्रेसका नेता तथा कार्यकर्ताको एक भर्रचुअल भेला गर्दै आर्थिक सहयोगको लागि आग्रह गरका छन्। तीस भन्दा बढी देशका कार्यकर्ताहरुलाई सम्बोधन गर्दे डा. महतले देशमा स्वास्थ्य संकट परेको बेला पार्टी चुप लागेर बस्न नमिल्ने बताउँदै विश्वभर छरिएका कार्यकर्ताहरुलाई सहयोगमा जुट्न आग्रह गरेका थिए।

कांग्रेस उपसभापति विमलेन्द्र निधीको संयोजकत्वमा रहेको कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशका ३० भन्दा बढी देशमा संगठनको विस्तार गरेको छ।



No ads found for this position