स्लोभाकियाबाट छुट्टि मनाउन अष्ट्रिया पुगेका एक नेपाली युवाको पौडी खेल्दा डुबेर निधन

स्लोभाकियाबाट छुट्टि मनाउन अष्ट्रिया पुगेका एक नेपाली युवाको पौडी खेल्दा डुबेर निधन सांकेतीक तस्वीर

अष्ट्रिया। युरोपेली मुलुक अष्ट्रियामा एक नेपाली युवाको पौडी खेल्ने क्रममा मृत्यु भएको छ।

उदयपुर गाइघाट घर भएका केसी थरका उनी छुट्टि मनाउन स्लोभाकियाबाट अष्ट्रिया आएका थिए।

गत शुक्रबार डोनाउ नदिमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए। अष्ट्रिया प्रहरीले एक सातादेखि उनको खोजी गरिरहेको थियो। उनको शव बुधवार स्थानीय समयअनुसार दिउँसो १२ बजे फेला परेको हो।

मृतकका मामाले दिएको जानकारीअनुसार उनी स्लोभाकियामा काम गर्दै आएका थिए। उनी बेला–बेला बिदा मनाउन अष्ट्रिया घुम्न आउने गर्थे।

उनी साथी भेट्न केही दिनअघि अष्ट्रिया आएका थिए। तीन जना मिलेर गर्मी छल्न नजिकै रहेको दोनाउ नदिमा पौडी खेल्न गए।

तर, हेर्दाहेर्दै उनी भुमरीमा परेको उनका साथीले एनआरएनए अष्ट्रियाका अध्यक्ष बिनोद चौलागाइँलाई जानकारी दिएको बताइएको छ। अध्यक्ष चौलागाइँले बताए अनुसार घटनाको विषयमा नेपाली दूतावासलाई सम्पूर्ण जानकारी गराइएको छ।



No ads found for this position