कोभिड संक्रमणबाट अफ्रिकामा एक नेपालीको मृत्यु

कम्पाला , युगान्डा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अफ्रिकी मुलुक युगाण्डामा एक नेपालीको मृत्यु भएको छ।
युगान्डाको कम्पलामा तनुहुँका ४७ वर्षीय हिराबहादुर खडकीको संक्रमणका कारण ज्यान गएको हो । कोभिड संक्रमणपछि उपाचारकै क्रममा उनको अस्पतालमा निधन भएको हो।
हिराबहादुर कोभिड पुष्टि भएसँगै विगत एक महिनादेखि अस्पतालमा उपचाररत थिए।
कम्पालास्थित एक ट्राभल्स कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत हिराबहादुर अफ्रिकामा कोभिडका कारण ज्यान गुमाउने छैटौं नेपाली हुन् ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर