साउदी अरबको सडक दुर्घटनामा तीन इटालीयन डान्सरको निधन

रोम- तीन इटालीयन डान्सर र अर्का एक व्यक्तिको कार दुर्घटनामा आइतबार साउदी अरबमा निधन भएको छ। यस खबरको पुष्टी सोमबार इटालीको विदेश मन्त्रालयले गरेको हो।
मृतक तीन जना डान्सरको उमेर ३० को हाराहारीमा रहेको र उनीहरूको नाम आन्टोनियो काजीआनेली, जियाम्पिएरो गियारी र निकोलास इस्पोस्टो भनेर खुलेको छ। अर्को व्यक्तिको नाम खुल्न सकेको छैन।
कार दुर्घटनामा मारिएका ती डान्सरहरू साउदीमा डान्स थिएटर खोल्न गएको बताइएको छ। आइतबार उनीहरूको छुट्टि थियो। उनीहरू मरुभूमीको सफारीमा निस्किएका थिए।
के कारणले दुर्घटना भयो, त्यो अझै खुल्न सकेको छैन। उनीहरू चढेको गाडी एउटा गल्लीमा पल्टिरहेको अवस्थामा फेला परेको थियो। दुर्घटना हुँदा थप तीन इटालियन नागरिक पनि रहेको र उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर