पश्चिम र मध्ये अफ्रिकामा सबैभन्दा बढी बाल सेना, अवस्था चिन्ताजनक

पश्चिम र मध्ये अफ्रिकामा सबैभन्दा बढी बाल सेना, अवस्था चिन्ताजनक

बुर्किना फासो। संयुक्त राष्ट्र बाल कोषको मंगलबार जारी प्रतिवेदनले विश्वमा सबैभन्दा बढी बाल सेना पश्चिम र मध्य अफ्रिकामा रहेको तथ्य उजागर गरेको छ। युद्धरत यी क्षेत्रका बालबालिका सबैभन्दा बढी सशस्त्र समूहमा आबद्ध छन्। यौन हिंसाको सिकार हुने देशको अग्रपंक्तिमा पनि यिनै देश रहेका छन्।

पश्चिम र मध्य अफ्रिकामा विगत पाँच वर्षदेखि द्वन्द्व उत्कर्षमा पुगेको छ। यहाँ २१ हजारभन्दा बढी बालबालिका सरकारी सेना र सशस्त्र समूहमा भर्ती छन्। सन् २०१६ देखि यस क्षेत्रमा २ हजार २ सयभन्दा बढी बालबालिका यौन हिंसाको सिकार भएका छन्।

प्रतिवेदनमा ३ हजार पाँच सयबढी बालबालिका अपहरणमा परेको उल्लेख छ। यसले यो देशलाई विश्वमा दोस्रो सबैभन्दा बढी अपहरण हुने गरेको देश बनाएको छ। ‘संख्या र प्रवृत्ति बालबालिकाको वर्तमान र भावी पुस्ताका लागि अत्यन्तै चिन्ताजनक छ,’ पश्चिम र मध्य अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक रहेकी मारी(पियरे पोइरियरले एपीलाई बताएकी छिन्, ‘पश्चिम र मध्य अफ्रिकामा बालबालिकाविरुद्ध गम्भीर उल्लङ्घन भएका छन्। हामीले विगत पाँच वर्षमा प्रमाणित गम्भीर उल्लङ्घन ५० प्रतिशतले वृद्धि भएको देखेका छौं।’

संयुक्त राष्ट्र संघले भर्ती, अपहरण, बलात्कार र विद्यालय तथा अस्पताल आक्रमण जस्ता बालबालिकाविरुद्ध गम्भीर उल्लङ्घनको अनुगमन र रिपोर्ट गर्ने प्रणाली सन् २००५ देखि स्थापना गरेको थियो। यी चार वटा उल्लङ्घनको रिपोर्ट तयार पार्दा पश्चिम र मध्य अफ्रिकाको अवस्था भयावह देखिएको हो।

बुर्किना फासो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, क्यामरुन, चाड, कङ्गो, माली, मौरिटानिया र नाइजर जस्ता द्वन्द्व प्रभावित देशमा हिंसाले बालबालिका र समुदायका लागि विनाशकारी मानवीय नतिजाहरू निम्त्याएको छ। अझ् महामारीले अवस्थालाई थप जटिल बनाएको छ। यहाँ ५ करोड ७० लाख बढी बालबालिकालाई मानवीय सहायताको खाँचो छ। यो संख्या द्वन्द्व र भाइरसका कारण गत वर्षभन्दा थप दोब्बर भएको छ।

क्यामरुन, चाड, नाइजर र नाइजेरिया( लेक चाड बेसिनमा फैलिएका चार देश हुन्। यी देशमा द्वन्द्वले लगभग ३० लाख मानिस विस्थापित भइसकेका छन्। बुर्किना फासोमा मात्र एक जिहादी विद्रोहले हजारौंको ज्यान गइसकेको छ। बालबालिकाको भर्ती यस वर्ष कम्तिमा पाँच गुणाले बढेको प्रतिवेदनमा उल्लेख छ।



No ads found for this position