वैदेशिक रोजगारी : एक महिनामा साढे ६६ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारी : एक महिनामा साढे ६६ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

काठमाडौं। वैदेशिक रोजगारीमा जान एक महिनाको अवधिमा साढे ६६ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदनअनुसार गत पौष महिनामा ६६ हजार ६२५ जनाले श्रम स्वीकृति लिएका हुन्। जसमध्ये ६२ हजार २७३ पुरुष छन् भने ४ हजार ३५२ महिला छन्।

यो अवधिमा संस्थागततर्फ ३३ हजार १९३ जनाले श्रम स्वीकृति लिएका छन्। यसैगरी व्यक्तिगत प्रक्रियामार्फत विभिन्न देश जान १ हजार ७२२ जना नयाँले श्रम स्वीकृति लिएका छन्। यस्तै व्यक्तिगत वैधानिक माध्यमबाट १ हजार ७८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङकमा उल्लेख छ। सो अवधिमा ३० हजार ६३२ जनाले विभिन्न देशमा जान पुन : श्रम स्वीकृति लिएका छन्।

पौष महिनामा सबैभन्दा बढी साउदी अरबको लागि श्रम स्वीकृति लिएको तथ्याङले देखाउँछ। पौषमा २५ हजार ११८ जनाले श्रम स्वीकृति लिएका छन्। जसमा ५२ जना महिला हुन्।

दोस्रोमा कतारका लागि २५ हजार ११८ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै तेस्रोमा यूएई जान १३ हजार ७१४ जनाले श्रम स्वीकृति लिएको विवरणमा उल्लेख छ।

 



No ads found for this position