विदेश जाने श्रमिकको नि:शुल्क पीसीआर परीक्षण गर्ने सरकारको निर्णय

विदेश जाने श्रमिकको नि:शुल्क पीसीआर परीक्षण गर्ने सरकारको निर्णय फाईल फोटो

काठमाडौं। रोजागारीका लागि विदेश जाने नेपाली श्रमिकको पीसीआर परीक्षण निःशुल्क हुने भएको छ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए।

उनका अनुसार वीरअस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन्।

तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ।

यसभन्दा अगाडी सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिर्नुपर्दथ्यो।



No ads found for this position