विदेश जाने श्रमिकलाई सुसूचित गर्न कर्मशिल विदेश र फियोनाबीच सम्झौता

विदेश जाने श्रमिकलाई सुसूचित गर्न कर्मशिल विदेश र फियोनाबीच सम्झौता

काठमाडौं। वैदेशिक रोजगारीको नेपाली श्रमिकलाई उचित सूचना प्रवाह गर्ने सम्बन्धमा कर्मशिल विदेश र अभिमुखीकरण व्यवसाय महासंघ (फियोना)बीच सम्झौता भएको छ। रोलिङ्ग प्लान्स प्रालि अन्तर्गत रहेको रोलिङ्ग कर्मशील विदेश र फियोनाबी रोलिङ्ग बतासे हिल्स पनौतिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार फियोना अन्तर्गतको संस्थाहरुले रोलिङ्ग कर्मशिल एप प्रयोग गरेर वैदेशिक रोजगारमा जाने कामदारहरुलाई उचित सूचना प्रवाह गर्नेछन्। यो एपमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, श्रम मन्त्रालय, गन्तव्य देशमा रहेका दूतावास, विमानस्थल, अध्यागमन विभाग, श्रम डेस्क, मान्यता प्राप्त म्यानपावर,अभिमुखिकरण तालिम प्रदान गर्ने संस्था, स्वास्थय परीक्षणका लागि मान्यता प्राप्त मेडिकल, बिमा कम्पनीलगायतका मह्त्वपूर्ण निकायका सम्पूर्ण विवरण उपलब्ध छन्।

रोलिङ्ग कर्मशील विदेशले अभिमुखिकरण तालिम संस्थालार्य पूर्वाधार विकासमा सहयोग गर्ने विषयमा सम्झौता पत्रमा हस्तान्तरण भएको हाे।

कार्यक्रममा रोलिङ्ग कर्मशील विदेशको तर्फबाट उपाध्यक्ष लोकेन्द्र सिंहले सो एप भित्र रहेको सूविधाहरुको बारेमा जानकारी गराएका थिए । फियोनाका अध्यक्ष राजाराम गौतमले विदेश जाने श्रमिकलाई सूचना प्रवाह गर्न यो एम उपयोगी हुने विश्वास व्यक्त गरे।

वैदेशिक रोजगारीको लागि योजना बनाइरहेका तर, उचित सूचनाको अभावले समस्या झेलिरहेका श्रमिकलाई यो एप उपयोगी हुने कम्पनीको दावी छ। । जस्तै कुन मेनपावरमा डिमाण्ड आयो ? के कामका लागि श्रमिक मागिएको हो ? तलब सुविधा के कति हो भन्ने कुरा श्रमिकलाई औल्याउन गाह्रो भएको अवस्थामा यो एपले उचित सूचना दिने गर्छ।

यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीका गुनासालाई पनि आफ्नो एपले व्यवस्थापन गर्छ। विदेश जाने क्रममा ठगिमा परेका श्रमिकको गुनासो संकलन गर्ने, उनीहरुको समस्या पहिचान गर्ने, विदेश गइसकेपछि समस्यामा परेकाको पनि समस्याहरु संकलन गरेर समस्या समाधानको लागि सम्बन्धीत निकायसम्म पुर्याउने काम एपले गर्ने कम्पनीको भनाइ छ।

 



No ads found for this position