इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।
उनले इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
आचार्यका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई राजदूतमा नियुक्त गरेकी हुन्।
‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा र भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले भने।
ताजा अपडेट
