नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडा पुगे

नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडा पुगे

काठमाडौं। केहि घण्टाअघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

दिउसो तीन बजे पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारण देखाएका पुबुदुलाई त्यसको तीन घण्टा पनि बित्न नपाउँदै क्रिकेट क्यानडाले प्रशिक्षकमा नियुक्त गरेको हो।

यसअघि क्यानले पत्रकार सम्मेलन अपराह्न चार बजे गर्ने तयारी गरेपनि अन्य कार्यक्रमसँग समय जुधेपछि एक घण्टा छोट्टाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै पुबुदुले आफू व्यक्तिगत कारण नेपाली टिम छाडेको र टिम छाड्दा दुखी भएको बताएका थिए।



No ads found for this position