एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन स्टकहोल्ममा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय सम्मेलन स्वीडेनमा तय भएको छ।
संघका युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्लेका अनुसार सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा हुने भएको हो।
सम्मलेन स्टकहोल्मको पार्क होटलमा हुँदैछ। यो युरोप क्षेत्रको चौधौँ क्षेत्रीय सम्मेलन हो।
सोहीबेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेला समेत हुनेछ।
सम्मेलनमा युरोप क्षेत्रमा रहेका संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट प्रतिनिधिले भाग लिनेछन्। यस्तै अन्य मुलुकहरुबाट पनि अतिथि प्रतिनिधिहरु सहभागी हुनेछन्।
युवा संयोजक काफ्लेका अनुसार सम्मेलनलाई सफल बनाउन एक आयोजक समिति पनि बनाइएको छ। सम्मेलनको तयारीबारे छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी गराइने उनले बताए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर