इबोलाका कारण युगान्डामा लकडाउन

एजेन्सी,कम्पाला। युगान्डामा इबोलाका कारण लकडाउन घोषणा गरिएको छ। राष्ट्रपति योवेरी मुसेभेनीले इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरेका हुन्। ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ। त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा परेदेखि अहिलेसम्म १९ जनाको मृत्यु भएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर