भूकम्प प्रभावित टर्कीमा ३ नेपाली सम्पर्कबिहीन

काठमाडौं। भूकम्प प्रभावित क्षेत्र टर्कीमा रहेका ३ जना नेपाली सम्पर्कबिहीन भएका छन्।
भूकम्प प्रभावित क्षेत्रमा नेपालीहरूलाई समन्वय गरिरहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका महासचिव विनोद पौडेललाई सम्पर्कमा आउन नसकेको ती नेपाली रहेका ठाउँबाट उनीहरूका सहकर्मीहरूले जानकारी दिएका हुन्।
उनका अनुसार अनुसार हातया भन्ने क्षेत्रमा रहेका तीन जना नेपाली महिला सम्पर्कमा आउन सकेका छैनन्। उनीहरूका बारेमा सोधिखोजी भइरहेको पौडेलले बताए।
भुकम्प प्रभावति क्षेत्रबाट अहिलेसम्म १४ जना विद्यार्थी तथा ४ जना घरेलु कामदारहरू एनआरएनएको सम्पर्कमा छन्। उनीहरू सुरक्षित स्थलमा रहेको पनि पौडेलले जानकारी दिए।
उनका अनुसार हातया भन्ने ठाउँमा रहेका सपना तामाङ, सुनिता तामाङ र मिठु शेर्पा अहिलेसम्म सम्पर्कमा छैनन्।
सोमबार बिहान सिरिया र त्योसँगै जोडिएको दक्षिणपूर्वी टर्कीमा ७.९ रेक्टरको शक्तिशाली भूकम्प गएको थियो। अहिलेसम्म ५ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ताजा अपडेट

‘पढदैँ कमाउँने’ नीति लागु गरिने

सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

सरकारी सेवा अब ‘फेसलेस’ बनाइने
