टर्कीको भूकम्प प्रभावित क्षेत्रमा सम्पर्कबिहीन नेपाली सम्पर्कमा

काठमाडौं। टर्कीको भूकम्प प्रभावित क्षेत्रमा सम्पर्कबिहीन भएका तीन जना नेपाली सम्पर्कमा आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले जनाएको छ।
महासचिव विनोद पौडेलले सम्पर्कबिहीन रहेका तीन जना नेपाली महिलासँग आफ्नो सम्पर्क भइसकेको जानकारी दिएका हुन्।
‘सम्पर्क बिहीन हुनुभएका ३ नेपाली महिला सम्पर्कमा आउनु भएको छ। उहाँहरु सकुसल हुनुहन्छ। केही समय अगाडी उहाँहरुसँग मैले कुराकानी गरेको थिएँ,’ महासचिव पौडेलले भने।
हातया भन्ने क्षेत्रमा रहेका सपना तामाङ, सुनिता तामाङ र मिठु शेर्पा सम्पर्कबिहीन भएपछि उनीहरूका बारेमा सोधिखोजी गरिएको थियो।
टर्की नेपाली फ्रेण्डसिप एसोसिएसनका प्रतिनिधि नरेन्द्र चौलागाँईले पनि हातया क्षेत्रमा रहेका ती महिलाहरु सुरक्षित रहेको बताए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर