खनालको कथाको संगालो ‘बाबा मेरो पीआर आयो’ लोकार्पण

काठमाडौं। भागवत खनालको कथाहरुको संगालो ‘बाबा मेरो पीआर आयो’को लोकार्पण भएको छ। २४ कथाहरुको संगालो शनिबार साहित्यकार अभय श्रेष्ठ सहित डा कपिल उपाध्याय,लेखक खनाल,प्रकाशक बिनिता खनाल,कल्पना अधिकारी र सिर्जना तिवारीले लोकार्पण गरे।
तीन दशक लामो निजामति सेवामा बिताएर सहसचिवबाट अवकास पाएपछि खनालले सामाजिक र ऐतिहासिक विषय समेटेर कथाको संगालो ल्याएका हुन्।
कथाको संगालो लोकार्पण कार्यक्रममा साहित्यकार अभय श्रेष्ठ भागवत खनालका कथाहरुमा सामाजिक विषयवस्तुहरु चोटिलो पाराले सामान्य व्यक्तिले बुझ्ने भाषामा लेखिएको टिप्पणी गरे।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर