कोपनहेगनमा मिथिला चित्रकारद्धारा चित्रकला प्रशिक्षण

काठामाडौं। मिथिला चित्रकार रञ्जु यादवले डेनमार्कमा मिथिला चित्रकला प्रशिक्षण दिएकी छिन्। युरोप भ्रमणमा रहेकी उनले डेनमार्कको राजधानी कोपनहेगनमा प्रशिक्षण दिएकी हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए), डेनमार्कले आयोजना गरेको ‘एक दिवसीय मिथिला कला कार्यशाला’ मा सहभागी उनले नेपाली र भारतीय बालबालिकालाई प्रशिक्षण दिएको जनाइएको छ। बालबालिकालाई चित्रकला सिकाउन कार्यशाला पुगेका अभिभावकले पनि मिथिला चित्र बनाउन सिकेको एनआरएनएको भनाइ छ।
यादवले कार्यशालामा आफ्ना ३० भन्दा बढी चित्रकला प्रदर्शनीमा राखेकी थिइन्। उनी एकल मिथिला चित्रकला प्रदर्शनीका लागि गत वैशाख ६ गतेदेखि युरोप भ्रमणमा छिन्। जर्मनीको फ्रयान्कफर्टमा वैशाख ८ गते उनले चित्रकला प्रदर्शनी गरेकी थिइन्।
वैशाख २९ र ३० गते डेनमार्कको कोपनहेगनमा प्रदर्शनी गरिएको छ। त्यस्तै, जेठ ५ र ६ गते फिनल्याण्डको राजधानी हेलसिन्कीमा प्रदर्शनी हुँदैछ।
ताजा अपडेट
