भिजिट भिसामा दुबई जाने नेपालीले ३ हजार दिराम बोक्नुपर्ने

काठमाडौं। भम्रण भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपालीका साथमा ३ हजार दिराम (नेपाली झण्डै १ लाख ९ हजार) हुनुपर्ने भएको छ।
यूएईस्थित सञ्चार माध्यमले जनाएअनुसार यूएई आउने पर्यटकहरूले विमानस्थल अध्यागमनमा ३ हजार दिराम नगद वा क्रेडिट कार्डमा उक्त रकम देखाउनुपर्नेछ।
यस्तै, यूएईमा बस्नको लागि होटल बुकिङ र फर्किने हवाइ टिकट पनि देखाउनु पर्नेछ। जाने र फर्किने टिकट एउटै पीएनआरमा बुकिङ भएको हुनुपर्नेछ।
होटल र टिकट बुकिङ ‘भ्यालिड’ हुनुपर्नेछ। ‘डम्मी’ बुकिङ मान्य हुनेछैन।
यूएईका अधिकारीले यसविषयमा पर्यटनसँग सम्बन्धित कम्पनी, र एयरलाइन्स कम्पनीहरूलाई परिपत्र गरिसकेका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर