पर्वत र स्मिताको अभिनयमा भिरु लामाको नयाँ गीत सार्वजनिक(भिडियोसहीत)

पर्वत र स्मिताको अभिनयमा भिरु लामाको नयाँ गीत सार्वजनिक(भिडियोसहीत)

काठमाडौं । गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ।

चर्चित गायक राजेशपायल राई र भ्वाइस अफ नेपाल सिजन ५ बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गायीका स्मिता प्रधानको सुमधुर स्वरमा सजिएको गीतको मिक्सिङ मास्टरिङ रुबिन जोएले गरेका छन्।

गीतमा देव गुरुङको संगीत रहेको छ भने चन्दु गोर्खालीको एरेन्ज रहेको छ।

त्यस्तै गीतको भिडियो निर्देशन लामो समयदेखि अनुभव बटुलेका सफल निर्देशक विनयराज पौडेलले गरेका छन्।

भिडियोको मुख्य भुमिकामा पर्वत गदाईली, स्वयं स्मिता प्रधान र धर्मभिरु लामाको अभिनय देख्न सकिन्छ।

ललितपुरको विभिन्न रमणिय स्थानहरुमा छायाँकन गरिएको भिडियोको छायाँकन भने राजु लामाले गरेका छन्।

त्यस्तै भिडियो सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन्।

कबिर लामाको निर्माण तथा प्रोड्युसर नेपालका अध्यक्ष करण सिंहको प्रडक्सनमा निर्माण गरिएको भिडियो ‘भिरु प्रडक्सन हाउस’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।