बजारमा ‘अर्काे ब्वाइफ्रेण्ड’

बजारमा ‘अर्काे ब्वाइफ्रेण्ड’

काठमाडौँ । नवोदित गायक नविन गौतम र चर्चित गायिका प्रिति आलेको स्वर रहेको ‘अर्काे ब्वाइफ्रेण्ड’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

म्युजिक भिडियोमा करन सुनार, रेकिशा खत्री र मानव केसीको अभिनय छ।

उक्त म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत हालै सार्वजनिक भएको हो।

नविन गौतमको लय, शव्दमा पुर्ण संयोगको एरेन्ज गरेका छन्।

वर्तमान समयमा युवा पुस्ताले प्रेमीबीच गर्ने शंका र उपशंकाहरुलाई शव्दमा र संगितामा ढालिएको छ।

युवा पुस्ताबिच प्रेममा समझदारी र विश्वासको कमीका कारण धेरै प्रेमहरु छुट्ने गरेका र अप्रिय घटनाहरु हुने गरेको कुराले आफूलाई निक्कै मन छोएको कारण यो गीत सिर्जना गरेको गायक नविन गौतमले बताएका छन्।

गीत संगितको क्षेत्रमा आफुलाई निकै रुचि र लगाव भएता पनि आर्थिक कारणले यस क्षेत्रमा अगाडि आउन नसकेको दुखेसो पनि गायकले पोखेका छन्।

हालै सार्वजनिक भएको गीत पनि अडियो रेकर्ड भएको निकै लामो समय पछि सार्वजनिक गर्न सकेकोमा उनले खुसी व्यक्त गरेका छन्।

आफ्ना दर्जनौं सिर्जनाहरु आर्थिक कारणले थन्क्याएर राख्नु परेको र दर्शक स्रोतले साथ दिएमा चाँडै नै अन्य सिर्जनाहरु पनि बजारमा ल्याउने बताएका छन्।

लामो समय मुम्बइ र दुबइमा बसेर नृत्य प्रशिक्षण गर्दै आएका करण सुनारले यस भिडियोमा ससक्त कोरियोग्राफि गरेका छन्।

उनको कोरियोग्राफिको दर्शकहरुले खुलेरै प्रशंसा गरेका छन्।

नेपालको नृत्य क्षेत्रमा केही गरौं भन्ने मनसायले आफू नेपाल फर्किएको र आफ्नो पहिलो म्युजिक भिडियोबाट आफू निकै नै आशावादी रहेको पनि उनले बताए।

उक्त भिडियोमा दृश्यांकन र सम्पादन पवन सुस्लिङको रहेको छ भने साथी मिडिया प्रा.लि.ले यस भिडियोलाई बजारमा ल्याएको हो।