पूर्वसचिव आचार्यको निधन

पूर्वसचिव आचार्यको निधन

काठमाडौं। नेपाल सरकारका पूर्व सचिव लोक प्रसाद आचार्यको निधन भएको छ।

आचार्यको  शुक्रबार राती ९ बजे निधन भएको हाे।

आचार्यले विशिष्ठ श्रेणीमा पदोन्नती भइ सुदुर पश्चिमको क्षेत्रिय प्रशासक भए पश्चात स्वास्थ्यको कारणले राजीनामा दिएर आराम गरिरहेका थिए।

२०१५ माघ ५ गते इलामकाे जीतपुरमा जन्मेका आचार्य  झापाको मेचिनगर हुँदै काठमाडाै‌मा स्थायी बसोबास गर्दै  आएका थिए।

आचार्य त्योबेला बेला लोकप्रिय, निष्ठावान र अत्यन्त इमान्दार प्रशासक मानिन्थे।

आफ्नो प्रशासनिक कार्यकालको अधिकांश समय सञ्चार मन्त्रालय अन्तर्गत पूर्वाञ्चल क्षेत्रिय हुलाक निर्देशनालय, विराटनगरको क्षेत्रिय महानिर्देशक, गोश्वारा हुलाक, सुन्धाराको प्रमुख र हुलाक सेवा विभागको महानिर्देशकको रूपमा बिताएका थिए।