मासु बेच्दाबेच्दै केदारनाथमा नेपाली युवा पक्राउ

काठमाडौं। भारतकाे केदारनाथ मन्दिर परिसरअघि मासु बेचेको आरोपमा एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

धार्मिकस्थलको मर्यादामा खलल पुर्याएको आरोपमा रोल्पा कोर्चाबांगका किरणबहादुरलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको अधिकारीहरूले जनाएका छन्।

भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार मासु पकाएर बेचेको आरोप लागेका नेपालीले केदारनाथ मन्दिर नजिकै दोकान चलाउँथे।

मन्दिर वरपरका सर्वसाधारणसहित स्थानीय विपुल धर्मवाण र दर्जनौँ तीर्थालुले ७ जुनमा किरणविरुद्ध प्रहरी प्रशासनमा लिखित उजुरी दर्ता गरेका थिए। सोही उजुरीका आधारमा पक्राउ गरी उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ।

केदारनाथ मन्दिर व्यापार संघको गेट नजिकै सञ्चालित अभियुक्त किरणको दोकानसमेत बन्द गरिएको छ।

दोकानमा खोजतलास गर्न पुगेको प्रहरीले बेच्नका लागि बोरामा लुकाएर राखेको मासु फेला पारेको सोनप्रयासका प्रहरी निरीक्षक देवेन्द्र असवालले जनाएका छन्।

केदारनाथका स्थानीय बासिन्दाले दोकान सञ्चलकले धार्मिक भावनामा चोट पुर्याएको गुनासो गरेका छन्।



No ads found for this position