टी-२० क्रिकेटमा सन्दीपको १०० विकेट, बन्यो यस्तो किर्तिमान

काठमाडौँ। सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पुरा गरेका छन्।
सन्दीपले जारी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पुरा गरेका हुन्।
सन्दीपले टी-२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन्। उनी टी-२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन्। यसअघि यो किर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको छ। राशिदले ५३ खेलमा सय विकेट लिएका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर