दक्षिण कोरियाको ब्याट्री कारखानामा भिषण आगलागी, २२ जनाको मृत्यु

दक्षिण कोरियाको ब्याट्री कारखानामा भिषण आगलागी, २२ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको एक ब्याट्री कारखानामा भिषण आगलागी भएको छ। यस घटनामा अहिलेसम्म २२ जनाले ज्यान गुमाएका छन्।

राजधानी सियोलबाट ४५ किलोमिटर टाढा रहेको ह्वासेङ सहरको एउटा कारखानामा सोमबार बिहान लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका पूर्व अध्यक्ष यज्ञराज सुवेदीका अनुसार अहिलेसम्म २ जना कोरियाली नागरिकसहित २२ जनाको मृत्यु भएको छ।

घटनामा १८ जना चिनियाँ नागरिकको मृत्यु भएको छ। यस्तै ज्यान गुमाउने अर्का नागरिक लावोसका हुन् भने बाँकी १ जनाको सनाखत भइसकेको छैन।

स्थानीय टेलिभिजन फुटेजले आगो निभाउने प्रयास गर्दा पनि कारखानामा सानो विष्फोट भएको देखाइएको छ। सो क्रममा कारखानाको छानाको एक भाग भत्किएको थियो।

दक्षिण कोरिया लिथियम ब्याट्रीको ठूलो आपूर्तिकर्ता हो। यहाँ बनाइएका ब्याट्रीहरू विद्युतीय सवारी साधन र ल्यापटपमा प्रयोग गरिन्छ।

यस कारखानाको दोस्रो तल्लामा करिब ३५ हजार ब्याट्री राखेर अन्य ठाउँमा पठाउनका लागि ती ब्याट्रीहरू प्याक गरिएको थियो ।

ब्याट्रीमा कसरी आगो लाग्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।

ब्याट्रीमा आगो लाग्दा कारखानामा करिब एक सय कर्मचारी काम गरिरहेका थिए।



No ads found for this position