बार्सिलोनाको मुटुमा नेपाली लगानी

बार्सिलोनाको मुटुमा नेपाली लगानी

बार्सिलोना। स्पेनको बार्सिलोनामा नेपालीले रेष्टुरेण्टमा ठूलो लगानी गरेका छन्।

बार्सिलोना फुटबल क्लब नजिकै तीन नेपालीले गान्धी इन्डियन रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका हुन्।

बार्सिलोनामा ख्याती कमाइसकेको गान्धी इन्डियन रेस्टुरेन्टको यो तेस्रो शाखा हो।

बार्सिलोना फुटबल क्लबबाट १ सय मिटरको दुरीमा सञ्चालनमा ल्याइएको यो रेष्टुरेण्ट निकै ठूलो र सुविधासम्पन्न छ।

लामो समयदेखि बार्सिलोनामा व्यवसाय गर्दै आइरहेका रामेछापका दिनेश गिरी, पोखराका शंकर बराल र दिपक बस्नेत मिलेर रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन्।

गिरीले यसअघि गान्धी ब्राण्डका २ रेष्टुरण्ट सञ्चालनमा ल्याइसकेका छन्। यो ब्राण्ड चर्चित बन्दै गएपछि गिरीले साथीहरूसँगको सहकार्यमा अर्को खोलेका हुन्।

गत शुक्रबारदेखि सञ्चालनमा आएको यो रेष्टुरेण्टमा इण्डियन तथा नेपाली खानाका विभिन्न परिकारहरू उपलब्ध छन्।

रेष्टुरेण्टमा २ सय जनाको सिट क्षमता छ। यस्तै, संघ संस्थाका कार्यक्रम, बैठक, सभा, भेला तथा सम्मेलन गर्न पनि सकिने सञ्चालक गिरीले बताए।

विवाह, व्रतबन्धसहित अन्य मनोरञ्जनात्मक कार्यक्रमका लागि पनि यो रेष्टुरेण्ट उपयुक्त हुनेछ। रेष्टुरेण्टले क्याटरिंगसहितको सेवा उपलब्ध गराउने गिरीको भनाइ छ।

आगामी १ अगष्टमा यही रेष्टुरेण्टमा विष्णु खत्री साँझ र १० अगष्टमा धुर्मुस सुन्तली साँझ आयोजा गरिएको छ।



No ads found for this position