लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

काठमाडौँ। मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्।
अब लेबनानको राजधानी बेरुतको राफिक हरिरी विमानस्थलबाट उड्ने सबै उडानहरूमा वाकीटकी र पेजरहरू प्रतिबन्ध लगाइएको छ। बेरुतमा अवस्थित यो एयरपोर्ट लेबनानको एक मात्र व्यावसायिक परिचालन एयरपोर्ट हो।
लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले उड्डयन एजेन्सीलाई उद्धृत गर्दै यात्रुहरूलाई आफ्नो साथमा पेजर वा वाकीटकी जस्ता उपकरणहरू नल्याउन भनिएको छ। यदि तिनीहरूसँग त्यस्ता उपकरणहरू फेला परेमा तुरुन्तै जफत गरिनेछ।