भारतले जारी गर्यो लेबनानको यात्रा नगर्न एडभाइजरी

काठमाडौँ। भारतले लेबनानमा हिजबुल्लाह लक्ष्यहरूमा इजरायलको हवाई हमला पछि आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ।
लेबनानको बेरुतस्थित भारतीय दूतावासले एडभाइजरी जारी गर्दै भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न सल्लाह दिएको छ। साथै त्यहाँ बसोबास गर्ने भारतीयहरूलाई पनि घरबाहिर ननिस्कन भनिएको छ।
दूतावासले यस अघि अगस्ट १ मा जारी गरिएको सल्लाहलाई निरन्तरता दिँदै र यस क्षेत्रमा हालैका घटनाहरूपछि बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई अर्को आदेश नभएसम्म लेबनान यात्रा नगर्न सल्लाह दिइएको छ।
साथै लेबनानमा बसोबास गर्ने भारतीयहरूले जतिसक्दो चाँडो त्यहाँबाट बाहिर निस्कने प्रयास गर्न सुझाव दिइएको छ। कुनै पनि कारणले छोड्न नसक्नेहरूले आफ्नो यात्रा सीमित गर्न र बेरुतस्थित भारतीय दूतावासको सम्पर्कमा रहन आग्रह गरिएको छ।
ताजा अपडेट
