पृथ्वी अवलोकनका लागि चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

काठमाडाैँ। नयाँ आविष्कारमा चीनले तिव्रता दिएको छ। बुधबारमात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको छ।
उत्तर-पश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो। उक्त उपग्रहलाई गाओफेन–१२–०५ नाम दिइएको छ।
स्याटेलाइट लङ मार्च– ४सी क्यारियर रकेटद्वारा २३ः४६ (बेइजिङ समय)मा प्रक्षेपण गरिएको थियो। यसलाई भूमि सर्वेक्षण, सहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहतलगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर