एनआरएनए साधारणसभाविरुद्धको रिटको पेसी सर्वोच्चका न्यायाधीश सुवेदीको इजालसमा

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बद्री केसी समूहले आयोजना गरेको साधारणसभाविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज (शुक्रबार) पेसी तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश डा.नहकुल सुवेदीको एकल इजलासमा पेसी परेको हो।
एघारौं महाधिवेशनमा चुनावी नतिजा अस्वीकार गरेर छुट्टै कार्यसमिति बनाएका कतारका राजेन्द्र कुमार शर्मासहित तीन जनाले बिहीबार सर्वोच्चमा नयाँ रिट दर्ता गराएका थिए।
शर्माले एनआरएनएको अर्को समूहलाई कुनै पनि गतिविधि नगर्न/नगराउन माग गर्दै रिट दर्ता गराएका हुन्।
केसी समूहले २७ र २८ अक्टोबरमा सोल्टी होटलमा एनआरएनए डे र वार्षिक साधारणसभा एकैपटक आयोजना गरेको छ। जहाँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा बोलाइएको छ।
रिटमा एनआरएनको एकता महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले पत्र पठाएकाले त्यसअघि केसी समूहले साधारण सभा बोलाएकाले रोक्न माग गरिएको छ।
ताजा अपडेट

भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण
