एनआरएनए साधारणसभाविरुद्धको रिटको पेसी हेर्न नमिल्नेमा

एनआरएनए साधारणसभाविरुद्धको रिटको पेसी हेर्न नमिल्नेमा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बद्री केसी समूहले आयोजना गरेको साधारणसभाविरुद्धकाे रिट हेर्न नमिल्नेमा परेको छ।

आजका लागि पेसी तोकिएको रिट न्यायाधीश डा नहकुल सुवेदीले नहेर्ने भनेपछि हेर्न नमिल्नेमा राखिएको हो।

यसअघि राजेश शम्शेर राणाले दायर गरेको रिटमा चैत २१ गते न्यायाधीसद्धय सपना प्रधान मल्ल र सुवेदीले फैसला सुनाएका थिए।

अब उक्त रिटको अर्को पेसी तोकिनेछ।

आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी भएको खण्डमा केसी समूहले आयोजना गरेको साधारणसभा रोकिन्थ्यो। तर, अब भने आइतबार केसी समूहलाई साधारणसभा गर्न सहज भएको छ।

 



No ads found for this position