नामिबियाका कप्तान एनपीएलमा काठमाडौँबाट खेल्ने

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान जेरार्ड इरासमसलाई भित्र्याएको छ। २९ वर्षीय अलराउण्डर इरासमसलाई एनपिएलका लागि भित्र्याएको काठमाडौँ गुर्खाजले जानकारी दिएको हो।
इरासमस काठमाडौँ गुर्खाजले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन्। यसअघि काठमाडौँले नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिटलाई अनुबन्ध गरेको थियो।
काठमाडौँको मार्की खेलाडीमा करण केसी रहेका छन्।
आगामी मङ्सिर १५ देखि पुस ६सम्म आयोजना हुने एनपिएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर