यस्ताे छ धरहराबाट अनावरण गरिएकाे एनपीएलको ट्रफी (तस्बिरहरू)

यस्ताे छ धरहराबाट अनावरण गरिएकाे एनपीएलको ट्रफी (तस्बिरहरू) File Photo

साेमबार एक विशेष समाराेहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धरास्थित धरहरा परिसरबाट ट्रफी अनावरण गरेका हुन्।

एनपीएल ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ।

ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले यस लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुुग्ने बताए।

उनले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए।

‘खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन। खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ। सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस्। नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्। क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो।’



No ads found for this position