परराष्ट्रमन्त्री राणाद्वारा छेन्दुकाे दूतावास कार्यालयकाे निरीक्षण

काठमाडौं। चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महावाणिज्य दूतावास कार्यालयकाे निरीक्षण गरेकी छन्।
मन्त्री राणाले शुक्रबार सिचुवान प्रान्तस्थित छेन्दुकाे दूतावास कार्यालयमा निरीक्षण गरेकी हुन्।
महावाणिज्यदूत सुरेश राउतसहितका महावाणिज्यदूतावासका कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए।
मंसिर १७ गतेदेखि हुने प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे तयारीका लागि उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेकी थिइन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर