अनौठो ठाउँ, जहाँ मान्छे मर्दा ‘आइटम डान्स’ हुन्छ

अनौठो ठाउँ, जहाँ मान्छे मर्दा ‘आइटम डान्स’ हुन्छ

२४ वर्षकी रिया ‘मरण’मा नाचेर बिहान मात्रै आफ्नो पटनाको सिपारा मोहल्लेस्थित भाडाको घरमा फर्किएकी थिइन्। रातभर नाचेर उनी निकै थकित थिइन्।

खासमा, उनी दिल्लीकी निवासी हुन। उनी भन्छिन्, ‘यहाँ मृत्युमा पनि नाच्न लगाउँन्। शव उठिरहन्छ र नाच पनि जारी रहन्छ। त्यतिमात्र होइन नाच्ने कार्यक्रमबीच मानिसहरू बदमासी पनि गर्छन्। नजिक बोलाएर छुने कोसिस गर्छन्। धेरै अच्चम लाग्छ तर यही हाम्रो काम हो।’

त्यही रियाको नजिकै बसिरहेकी काजल सिंह पनि भन्छिन्, ‘मलाई पहिलोपटक दनियावांमा मृत्युमा नाच्नको लागि बोलाइएको थियो। म शक्टमा थिए कि मरणमा पनि कस्तो नाच हुन्छ?’

तर त्यहाँका मानिसहरूले भनेका थिए, ‘यहाँ सबै हु्न्छ। मर्ने मान्छेको इच्छा नै हुन्छ। उनीहरूको मरणमा नचनियाहरू नाचून्।’

काजोल र रिया दुबै जना पेशागत डान्सर हुन्। उनीहरू विवाह, मुण्डन, जन्मदिन, विवाह वार्षिकलगायत विभिन्न रमाइलो कार्यक्रम नाच्थे। तर अहिले उनीहरू मरणमा पनि नाच्न थालेका छन्। बिहारमा यसलाई ‘बाईजी का नाच’ पनि भनिन्छ।

मृत्युको खुसी

मृत्यु जस्तो शोकमा ‘बाईजी का नाच’, यो कुरा धेरै जनालाई अचम्मित पार्ने कुरा हो। तर बिहारको अन्दरुनी हिस्सामा बितेको केही वर्षदेखि त्यो नयाँ चलन जस्तै बनेको छ।

कुनै उम्रदरान्ज व्यक्तिको मृत्युपछि शवयात्रा बैंड बाजाका साथ निकाल्ने परम्परा पहिला पनि थियो। तर डान्स गराउने उक्त चलन विल्कुलै नयाँ हो।

पटनाकी कोमल मिश्राले १५ वर्षको उमेरमा विवाहहरूमा नाच्न सुरु गरेकी थिइन्। अहिले उनी ३२ वर्षकी भएकी छन्। उनी भन्छिन् कि बितेको ७–८ सालदेखि उनलाई मृत्युमा पनि नाच्नको लागि बोलाइन्छ।

उनी भन्छिन्, ‘मृत्युमा होस् या विवाहमा सबै ठाउँमा एउटै किसिमको नाच हुन्छ। यसमा कमिशन लिने कोही हुँदैन। त्यसैले एक पटक नाचेको ६ हजारसम्म दिइन्छ।’

रातको ८–९ बजेदेखि नाच्न सुरु गरेपछि बिहानको ४–५ बजेसम्म हुन्छ। सुरुमा त हिन्दीको गीत बज्छ। तर १२ बजेपछि भोजपुरी गीत बज्न थाल्छ।

उनी भन्छिन्, ‘मान्छेले नाच्नेहरूलाई छोटो लुगामा देख्न चाहन्छन्। मान्छे पैसा देखाएर काखमा बसाल्छन् र त्यहीबाट पैसा लिनुपर्छ। यो सबै काम विवाहदेखि मृत्युसम्म हुन्छ। यसमा कुनै अन्तर छैन।’

नाच मात्र होइन ‘फायरिङ्ग’ पनि

बिहारको भोजपुर, औरंगाबाद, बाङ्का, रोहताससहित कयौं जग्गामा मृत्युमा डान्स गराउने यो चलन लगातार बढिरहेको छ। जहाँ शव यात्राबीच श्राद्ध कर्ममा मानिसहरू नाचको कार्यक्रम आयोजित गर्छ।’

अहिले त यस्ता मरणमा पनि विवाहमा जस्तै फायरिङ पनि हुने गरेको छ।

हालै, नालन्दा जिलेका आर्शीवाद कुमारको मृत्यु यस्तै श्राद्ध कर्ममा आयोजित ‘बाईजी को नाच’ को बीच भएको थियो। फायरिङको बेला उनलाई गल्तीले गोली लागेको थियो।

उनको पिता प्रमोद प्रसाद भन्छन्, ‘हामी जानकी देवीको मरणमा नाच हेर्न गएका थियौं। रातको १२ बजे तीन डान्सर पेस्तोल लिएर नाचिरहेका थिए। छोरा पनि स्टेजमा चढेर नाचिरहेको थियो। बिहानको ४ बजेको आसपास उसको टाउकोमा गोली लाग्यो। हामीले उसलाई अस्पताल लग्यौं तर उनी बच्न सकेन।’

श्रद्धा कार्यक्रममा आयोजित डान्स प्रोग्रामको कयौं वायरल भिडियोमा साधारण व्यक्तिदेखि डान्सरहरू पनि बन्दुक बोकेर नाच्ने गरेका छन्।

डान्सर कोमल भन्छिन्, ‘पहिलो डर लाग्थ्यो तर अहिले विल्कुलै लागेन। मेरो नाचमा गोली चलेन भने लाग्छ कि डान्स राम्रै भएन।’

के यो परम्पराको हिस्सा हो?

परम्परा अनुसार मृत्युको समय र मृत्युपछि हुने विधि–विधाबीच गायने चलन छ। तर किन मृत्युपछि यससँग जोडिएको कर्मबीच नृत्य कुनै परम्परा छैन?

‘भोजपुरी मजदुर लोकगीतमा जन्तसार’ लगायत धेरै पुस्तकका लेखक राम नारायण भन्छन्, ‘परम्परामा मृत्युसँग जोडिएका तीन प्रकारका गीत छन्। पहिलो मृत्यु गीत, दोस्रो निर्गुण र तेस्रो श्री नारायणी। मृत्युको समयमा महिलाहरू केही कुराहरू भन्दै रुने गीतहरुलाई रोइङ गीत पनि भनिन्छ। तर नाच्न प्रतिबन्ध छ।’

तिवारी भन्छन्, ‘मृत्युसँग सम्बन्धित परम्परागत गायन अपराध, करुणा र शान्तताले भरिएको हुन्छ। तर अहिले जुन गीतहरू बजाइन्छ र महिलाहरूलाई नाच्न बोलाइन्छ, त्यो लुकेको विलासिता र आफ्नो जातीय शक्तिको प्रदर्शन हो। जुन भारतीय समाजको महत्वपूर्ण आधार ‘सहयोगको परम्परा’ भत्किएको र ‘एकलो’ बन्ने संकेत हो।’

‘मृत्युपछि रिचागनलाई छोडेर जाने र यस धर्तीमा बस्ने दुवैको यात्रालाई सजिलो बनाउन प्रयोग गरियो। पछि निर्गुण आयो जो आम जनताको बोलीमा थियो। निर्गुणपछि मृत्युमा दुगोला गाइयो। तर पछि महिलाहरू दुगोलामा नाच्न थाले। र अहिले भोजपुरी गीतमा विशेष नर्तक बोलाएर उत्तेजक नृत्य गरिन्छ’, उनले भने।

‘हाम्रो परम्परामा जन्म र मृत्यु दुवैसँग सम्बन्धित गीत छन्, तर दुई गीतमा फरक छ’, उनले बताए।

‘मान्छेको दबाबमा नर्तक बोलाइयो’

धेरै पटक मानिसहरूले आफ्ना नजिकको दबाबमा यी डान्सरहरूलाई बोलाउँछन्। नालंदाको गोविन्दपुर निवासी अजय यादवले बुवा बोधि यादवको मृत्युमा नर्तकहरू पनि बोलाएका थिए।

‘मेरो घरमा टेन्ट पण्डल राखेको थियो, त्यसैले समाजका मानिसहरूले नृत्य कार्यक्रम आयोजना गर्न आग्रह गरे। हामीले पवापुरीबाट छ जना नाच्ने केटीलाई बोलाएका थियौं’, उनले भने, ‘पहिले निर्गुण भयो, त्यसपछि भोजपुरी गीत बज्यो र राति नाच्न थाल्यो, यो देखेर आमा निकै दुखी हुनुहुन्थ्यो र केही दिनसम्म रिसाउनु भयो।’

टाटा इन्स्टिच्युट अफ सोशल साइन्सका पूर्व प्राध्यापक पुष्पेन्द्र भन्छन्, ‘पहिले मानिसहरू थोरै बस्ने गर्थे। यस्तो अवस्थामा कोही लामो आयु बाँचे भने त्यो उसको परिवारका लागि उत्सवको विषय हो। त्यही भएर शवयात्रामा ब्याण्ड, हात्ती, घोडा, ऊँट बजाउने, पैसा बाँड्ने र फूलवृष्टि गर्ने मानिसहरूको साथ थियो। जुन अहिले पनि देखिन्छ।’

तर, ब्यान्ड बाहेक अहिले डान्सर बोलाउन थालेका छन् र यसका कारण पनि मानिससँग छन्।

पटना नजिकैको फतुहा निवासी जनता देवीका जेठाजु जगदीश रामको निधनमा नाचको कार्यक्रम पनि आयोजना गरिएको थियो।

जनता देवी भन्छिन्, ‘जब भाउजुको मृत्यु भयो, भाउजु आएर घरपरिवारलाई नर्तकी बोलाउन आग्रह गरे। उनले मृतकलाई नृत्य कार्यक्रम गरी अन्तिम बिदाइ दिनुपर्ने बताए। पैसा थियो त्यसैले नाच गरायो। हामीले यसलाई कसरी पूरा गर्न सक्छौं?’

समाजको लागि ठिक छैन

समाजशास्त्रीहरूले यो प्रवृत्तिलाई समाजका लागि राम्रो मान्दैनन्। प्राध्यापक पुष्पेन्द्र भन्छन्, ‘यो नितान्त नयाँ जनसंस्कृति हो, जसमा लोक संगीत, लोक संगीतलगायत अन्य संस्कृति मिसिएको छ।

त्यसोभए यसको परिणाम के हुनेछ? यस प्रश्नमा पुष्पेन्द्र भन्छन्, ‘मृत्यु र जीवनबीचको भिन्नतालाई मेटाउने काम गरिरह्यौं भने मृत्युपछि पश्चाताप, हिंसाप्रति घृणा, नम्र र संयमित आचरणका मूल्यमान्यता गुमाउनेछौं। यसले समाजलाई थप हिंसात्मक बनाउँछ।’–बीबीसीकाे सहयाेगमा



No ads found for this position