नाफामा गिरावटपछि ठूलो संख्यामा जागिर कटौती गर्दै एयरबस

नाफामा गिरावटपछि ठूलो संख्यामा जागिर कटौती गर्दै एयरबस

एजेन्सी । एयरबसले बेलायतमा करिब पाँच सय जागिर कटौती गर्ने भएको छ।

खर्च कटौतीका लागि कम्पनीले बेलायतमा मात्रै ४७७ रोजगारी कटौती गर्ने निर्णय गरेको जनाएको छ। कम्पनीले सन् २०२६ को मध्यसम्ममा विश्वभरबाट पाँच प्रतिशत अर्थात् २ हजार जागिर कटौती गर्ने निर्णय समेत गरेको छ। कम्पनीले सबै तहबाट जागिर कटौती गर्ने निर्णय गरेको हो।

कम्पनीले स्पेस आर्म विभागबाट कुल एक हजार १२८ वटा जागिर कटौती गर्ने बताएको छ र साथै आगामी दिनमा केन्द्रीय कार्यालयबाट ६१८ जनाको जागिर कटौती गर्ने समेत निर्णय गरिसकेको छ। साथै पावर विभागबाट २५० र बौद्धिक विभागबाट ४७ जनाको जागिर कम गर्ने समेत निर्णय गरेको छ।

कम्पनीले जर्मनीमा ६८९, फ्रान्समा ५४०, बेलायतमा ४७७, स्पेनमा ३०३ र बाँकी क्षेत्रबाट ३४ जनाको रोजगारी कटौती गर्ने योजना बनाएको छ।

कम्पनीले नाफामा २२ प्रतिशत अर्थात् १.८ अर्ब पाउण्ड स्ट्रलिङले घटेपछि जब कटौती गर्ने निर्णय गरेको जनाएको छ। यद्यपि कम्पनीको बिक्री भने सात

प्रतिशत अथाएत् ४४.५ अर्ब पाउण्ड स्ट्रलिङले बढेको छ। कम्पनीले सन् २०२० मा विश्वभरबाट १५ हजार जागिर कटौती गर्ने र बेलायतमा मात्रै १७ सय जागिर कटौती गर्ने घोषणा गरेको थियो।



No ads found for this position