दक्षिण कोरियामा जहाज दुर्घटना हुँदा २८ जनाको मृत्यु

दक्षिण कोरियामा जहाज दुर्घटना हुँदा २८ जनाको मृत्यु Photo : Social Media

काठमाडौँ। एयपाेर्टमै जहाज दुर्घटना हुँदा २८ जनाको मृत्यु भएकाे छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमकाअनुसार आइतबार बिहान जहाज दुर्घटनामा परेकाे हाे। थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ नम्बरकाे जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना परेकाे बताइएकाे छ।

जहाज अवतरणका क्रममा धावनमार्ग बाहिरिँदै पर्खालमा ठोक्किएको थियो। जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य रहेका थिए। उनीहरूकाे परिचय सार्वजनिक भएकाे छैन।

उद्धारकर्मीले २ जनालाई जीवित उद्धार गरेका छन्। अहिले पनि उद्धारकाे कार्य चलिरहेकाे छ।

जहाज के कारणले दुर्घटनामा परेकाे भन्ने खुलेकाे छैन।

दक्षिण कोरियमा हाल राजनीतिक संकट छ। काेरियाका राष्ट्रपति यून सुक यउल र त्यसपछि कार्यवहाक राष्ट्रपति बनेका प्रधानमन्त्री हान डक-सूमाथि महाभियोग लगाइएकाे थियाे।

राजनीतिक संकट बेहाेरिरहेकाे काेरियामा एयरपोर्टमै जहाज दुर्घटनाले नागरिकलाई थप स्तब्ध बनाएकाे छ।

यही २५ डिसेम्बरका दिन अजरबैजानको एउटा यात्रुवाहक जहाज काजकिस्तानमा दुर्घटनामा पर्दा ३८ जनाकाे मृत्यु भएकाे थियाे।



No ads found for this position