बाल गायक सचिन परियारको निधन

काठमाडौं। बाल गायक सचिन परियारको निधन भएको छ।
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। शिक्षण अस्पताल स्रोतका अनुसार उनको बिहिवार बिहान १०ः०० बजे निधन भएको हो।
लामो समय देखी बिरामी रहेका उनको अचानक स्वास्थ्यमा समस्या आएपछि गता साता उनी अस्पताल भर्ना भएका थिए। केही वर्षअघि सामाजिक सञ्जालमार्फत चर्चामा आएका सचिनका आधा दर्जन लोकगीत करोड क्लबमा पुगेका छन्।
फरक स्वादको स्वर भएका सचिनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका गीतहरू चर्चित मानिन्छन।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर